काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओ भदौ २८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले दोस्रो चरणमा १४ हजार ९ सय ६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४ सय २० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज ११ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।