images
images

तीन दिनमा ३६ अंक घटेपछि नेप्सेले लियो सुधारको बाटो


  • 1.1K
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    तीन दिनमा ३६ अंक घटेपछि नेप्सेले लियो सुधारको बाटो

    काठमाडौं ।  तीन दिनमा ३६ अंक घटेपछि नेप्सेले सुधारको बाटो लिएको छ । गत मंगलबारदेखि घटेको नेप्सेले आज सोमबार भने सामान्य अंकले बढेर बन्द भएको हो । गत साता मंगलबार, बुधबार र आइतबार अथात् हिजो क्रमश : ५.०५, २.८२ र २९.८१ अंकले घटेको थियो ।  

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०४ अंकले बढेर १ हजार ९ सय ६७ दशमलव ८३ विन्दुमा पुगेको छ । सोमबार कारोबारमा आएको २ सय ७० स्क्रिपको १ अर्ब ९ करोड रुपैयाँ बराबरको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। आइतबार १ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन ०.०२ प्रतिशत घटेको छ।

    आज कारोबारमा आएका १ सय २६ कम्पनीको शेयर मुल्य बढेको छ । ८९ कम्पनीको शेयर मुल्य घटेको छ भने १४ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा थ्रीस्टार हाइड्रोपावर रहेको छ । त्यस्तै, डोल्टी पावर कम्पनी ९.९९ प्तिशतले बढेको छ । त्यसैगरी, यस दिन ग्रीन भेन्चर्स ९.९५ प्रतिशत, रु रु जलविद्युत परियोजना ९.८९ प्रतिशत, आशा लघुवित्त ९.८० र अप्पर साङ्गे हाइड्रोपावर ९.२९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo