images
images

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 1.4K
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको होे । 

    आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जसमध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । जसअनुसार ७१ हजार २ सय २२ जनालेमात्र सो शेयर पाएका छन् ।

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो । सोही शेयर आज बाँडफाँट गरिएको हो । 


    images
    images

    Logo