images
images

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम १ अर्ब १८ करोड 


  • 546
    SHARES
  • २०८० भाद्र १७ गते आइतबार

    नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम १ अर्ब १८ करोड 

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८१ अंकले घटेर १ हजार ९ सय ६० दशमलव ७८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७६ स्क्रिपको १ अर्ब १८ करोड रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्से घटेपनि कारोबार रकम भने केही सुधार भएको छ । गत साताको बुधबार १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    १३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३।०३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
     

    आइतबार ८ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिी होटलको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछाप्च्छ्रे बैंकको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा थ्रीस्टार हाइड्रोपावर रहेको छ । त्यस्तै, सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।


    images
    images

    Logo