images
images

पहिलो दिन सिटिजन लाइफ इस्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?


  • 1.3K
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    पहिलो दिन सिटिजन लाइफ इस्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । सिटिजन लाइफ  इस्योरेन्सको आईपीओमा पहिलो दिनमै २७ लाख २६ हजार ३ सय ५० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन अर्थात आज शुक्रबार (भदौ १५ गते) बेलुकासम्म २ लाख ३४ हजार ७ सय ७९ जना आवेदकले ६६ करोड ५२ लाख २९ हजार ४ सय कित्ताका लागि आवेदन दिएका हुन् । 

    कम्पनीले शुक्रबारदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५ सय कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

    त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। अब बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

    कम्पनीको आइपीओमा लगानीकर्ताहरुले भर्दा १९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

     

     


    images
    images

    Logo