काठमाडौं । स्वास्थ्य सेवा विभागले १० सुरक्षा गार्ड माग गरेको छ । विभागले आज एक सुचना जारी गर्दै कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको हो ।
विभागले टेकुस्थित कार्यालयका लागि ७ र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ गरी १० जना सुरक्षागार्ड मागेको छ। त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ ।
तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ । साथै एक फर्मको नाम खरिद गरिएको प्रस्ताव फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न नपाइने जनाइएको छ ।

