images
images

भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने


  • 439
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने

    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा भोलि  ८ घन्टा विद्युत प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिरणले शुक्रबार सूचना जारी गर्दै सो जानकारी गराएको हो । 

    प्राधिकरणका अनुसार भोली टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत् चार्ज गर्न स्युचाटार केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने भएको छ । 

    शनिबार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    साथै, वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने प्राधिकरणले जनाएको छ । 

    bijuli.jpg


    images
    images

    Logo