काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
कुल निष्काशित आईपीओमध्ये ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ। बाँकी रहेको ९० लाख कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।



