images
images

कम्तिमा ५० प्रतिशत छात्रवृत्ति नपाइ विदेश पढ्न जानु हुँदैन : अर्थमन्त्री


  • 621
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    कम्तिमा ५० प्रतिशत छात्रवृत्ति नपाइ विदेश पढ्न जानु हुँदैन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी विद्यालयहरुबाट ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश अध्ययनमा जान दिनुपर्ने बताएका छन् । बिहीबार इन्स्टिच्युट अफ सोसियो ईकोनोमिक रिसर्च (आइएसएसआर)ले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महतले पछिल्लो समय लहैलहैमा लागेर विदेश जाने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन् ।

    ‘स्माल स्टेक क्यापाविलिटीज : नेभिगेटिङ कम्टिसन एण्ड फरेन फोलिसी प्रायोरिटीज इन नेपाल’ कार्यक्रममा बोल्दै उनले अब नेपाली विद्यार्थीलाई नेपालमै बसेर अध्ययन गराउनुपर्ने नीति अघि बढाउनुपर्ने बताएका हुन् ।

    उनले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए । 

    अर्थमन्त्री महतले नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए । उनले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए । उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए ।

    अर्थमन्त्री महतले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे । उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए ।

    अर्थमन्त्री महतले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । उनले पर्यटन प्रवद्र्धनको लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको बताए । उनले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको बताए । 

    अर्थमन्त्री महतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउन् भन्नसक्ने अवस्था नभएको बताए ।


    images
    images

    Logo