काठमाडौं । कर्मचारी सञ्चय कोषले इमाडोलस्थित कोहिनुर हिल हाउजिङ लिलामी बिक्रीमा राखेको छ । कोषले विहीबार सुचना जारी गर्दै सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
कोषले कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १० रोपनी ९ आना २ पैसा जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ ।
त्यस्तै, हाउजिङ लिलामीको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा १ हजार रुपैयाँ जम्मा खरिद गर्न इच्छुक नेपाली नागरिक÷फर्म÷कम्पनीलाई ३५ दिनभित्रमा कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आहृवान गर्ने सक्ने कोषले जनाएको छ ।
यसअघि पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि पटक पटक सूचना प्रकाशन गरिसकेको छ। यदी ऋणीले तिर्नु पर्ने ऋण बुझाएमा लिलाम प्रक्रिया अन्त्य गरिने कोषले प्रष्ट पारेको छ ।



