images
images

भोलिबाट तातोपानी नाका स्थानीयका लागि खुला , व्यापारमा सुधार हुने अपेक्षा


  • 861
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    भोलिबाट तातोपानी नाका स्थानीयका लागि खुला , व्यापारमा सुधार हुने अपेक्षा

    काठमाडौं । शुक्रबारदेखि तोतोपानी नाका स्थानीयका लागि खुल्ने भएको छ । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो । 

    हालका लागि सिन्धुपालचोक बासीहरूलाई र चिनियाँ भिसा भएकाहरूलाई आवतजावत खुला गरिने छ । सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । 

    २०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो । मानिस आवत जावत भने खुल्न सकेको थिएन । 

    यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ । 


    images
    images

    Logo