काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ । उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता लागि भदौ १७ र १८ गते बोलाएको हो ।
उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतिकरण एवं अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.। अन्जनी कुमार झा, डा. पियुष दाहाल, डा. प्रमोद कुमार यादव, डा. प्रविण मिश्र, प्रा.डा मनेन प्रसाद गोर्खाली, डा. विधान निधि पौडेलको आवेदन परेको छ।
त्यस्तै प्रा.डा संगीता सिंह भण्डारी, प्रा.डा सुमन कुमार श्रेष्ठको पनि उम्मेदवारी परेको छ। अहिले उपाध्यक्षमा प्रा्डा श्रीकृष्ण गिरी रहेका छन्। उनले आफ्नो कार्यकाल दोहोर्याउन चाहेर आवेदन दिएका छन्।
आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वाता १८ गते हुने भएकाे छ । उनीहरूले आफ्नो प्रस्तुतीकरण सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा भदौ १५ गतेभित्र पेश गरिसक्नुपर्ने पनि बताइएको छ।



