images
images

भारतले खुलायो तीन देशमा चामल निर्यातको प्रतिबन्ध, नेपालमा अझै बन्देज


  • 1.2K
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    भारतले खुलायो तीन देशमा चामल निर्यातको प्रतिबन्ध, नेपालमा अझै बन्देज

    काठमाडौं । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध तीन देशका लागि खुलाएको छ । सरकारले बुधबार सूचना जारी गर्दै भुटान, मौरिसस र सिंगापुरमा १ लाख ४३ हजार टन गैर बासमती चामल निर्यात गर्न अनुमति दिएकोबारे जानकारी दिएको हो । 

    नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड मार्फत् निकासी गर्न अनुमति दिइएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचनामा जनाएकोे छ । 

    यस वर्ष पर्याप्त वर्षा नभएका कारण भारतमा धान उत्पादनमा कमी आएको थियो । जसका कारण भारतका स्थानीय बजारहरुमा चामलको भाउ बढेको थियो । चामलको उच्च मूल्यवद्धि नहोस् भन्ने मनसायले भारतले साउन ४ (जुलाई २०) देखि नेपाल लगायत अन्य देशहरुमा पनि बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । 

    भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ । नेपाल सरकारले निर्यात प्रतिबन्ध खुलाइदिन पटक पटक अनुरोध गर्दापनि भारतले निर्यात बन्देज नै गरिरहेको छ । 


    images
    images

    Logo