images
images

१५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ७ व्यापारीलाई नगद जरिवाना 


  • 734
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    १५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ७ व्यापारीलाई नगद जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार १५ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले खाद्य बस्तु, तरकारी पसल, कपडा पसल, अन्य पसल र किराना पसललाई कारबाही गरेको हो । 

    जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ७ वटा पसलेलाई नगद जरिवाना गरिएको छ । विभागले चेकपोष्ट र थानकोटमा रहेको दुई खाद्य बस्तु पसललाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको छ । अन्य ४ पसललाई १०/१० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । 

    त्यस्तै, काभेमा रहेको तरकारी पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ । कतिपयलाई सामान्य निर्देशन दिएको छ । 

     

     


    images
    images

    Logo