images
images

करारीय आयमा ५९ करोड ८७ लाख ६६ हजार ६ सय ४९ रुपैयाँ बेरुजु 


  • 435
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    करारीय आयमा ५९ करोड ८७ लाख ६६ हजार ६ सय ४९ रुपैयाँ बेरुजु 

    काठमाडौं । काठमाडौं महानगरपालिकाको लेखा समितिले आर्थिक बर्ष २०७३/७४ देखि २०७८/७९ सम्म अन्तिम लेखा परीक्षण प्रतिवेदनले देखाएको वेरुजु फर्स्यौट गर्न विभाग र वडाहरुलाई निर्देशन दिएको छ । समितिका संयोजक गायत्री पुडासैनीको अध्यक्षतामा भदौ ६ गते बसेको बैठकले विभाग, एकाई, सचिवालय, वडा, कर्मचारी तथा बेरुजु सम्बद्ध व्यक्ति तथा संस्थालाई नियमानुसार आफ्नो बेरुजु फर्स्यौट गर्न गराउन निर्देशन दिने निर्णय गरेको हो ।  

    यस अवधिसम्ममा अन्तिम लेखा परीक्षणको प्रतिवेदनले औंल्याएको बेरुजुमध्ये ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ फस्यौट हुन बाँकी छ । महालेखापरीक्षकको प्रतिवेदनले औल्याएको नियमित गर्नु पर्ने बेरुजुको प्रमाण कागजात तथा पुष्ट्याइँ सहितको विवरण सम्बन्धित विभाग तथा कार्यालयबाट तयार गर्न लगाएर नगर सभाको १४ औँ अधिवेशनमा फस्र्यौटका लागि प्रस्ताव लैजाने समितिको तयारी छ ।

    यसमा असुल उपर गर्नु पर्ने बेरुजु समयमा नै असुल उपर गरेर प्रमाण तथा विवरण लेखा समितिमा पठाउन निर्देशनमा उल्लेख गरिएको छ । कुल कायम बेरुजुमध्ये सबैभन्दा धेरै राजस्वतर्फ छ ।

    यसमध्ये पनि असुल उपर गर्नु पर्ने प्रकृतिको बेरुजु धेरै छ । सम्बन्धित व्यक्ति तथा संस्थाबाट वेरुजु रकम असुल उपर गराउन पत्र पठाएका छौँ । समितिले गरेका निर्णयका बारेमा जानकारी दिँदै समितिका सदस्य सचिव यादव घिमिरेले जानकारी दिए । 

    प्रतिवेदनले करारीय आयतर्फ विभिन्न ९ वटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनहरुको नक्सापास अनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नु पर्ने वेरुजु औल्याएको छ । यो रकम ५९ करोड ८७ लाख ६६ हजार ६ सय ४९ रुपैयाँ छ । समितिले यो रकम असुलउपर गराउन सार्वजनिक निजी साझेदारी एकाई र राजस्व विभागलाई निर्देशन दिएको छ । 

    यसरी असुल गर्नु पर्ने रकममा ल्होत्से बहुउद्देश्यीय प्रा। लि। को सम्झौताबमोजिम असुल गर्नु पर्ने १० करोड ९६ लाख ९१ हजार १ सय ४८ रुपैयाँ, सम्पत्ति कर ७ करोड ७१ लाख २७ हजार १ सय ६६ रुपैयाँ, नक्सा पास गर्दा असुल नभएको २ करोड ७७ लाख ७५ हजार ७ सय २५ रुपैयाँ छ । 

    इनोभेटिभ कन्सेप्ट प्रा. लि.बाट आकाशे पुल सञ्चालनवापत सम्झौतामा उल्लेख भएको रकम ४ करोड ८९ लाख ८६ हजार ९ सय ९९ रुपैयाँ असुल गर्नु पर्नेछ । न्यु शिवम ट्रेडर्सको सम्झौताबमोजिमको ४१ लाख रुपैयाँ, जलेश्वर स्वच्छन्द विकाई विल्डर्स प्रा। लि। को २ करोड ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, काठमाडौँ भ्यु टावरको ७ करोड ५२ लाख ९४ हजार ६ सय ६६ रुपैयाँ असुल हुन बाँकी छ । 

    भोटाहिटी सव वेबाट १ लाख ३६ हजार २ रुपैयाँ असुल गर्नु पर्नेछ । यस्तै सोलार बत्ती जडान कार्य (विके) बाट प्राप्त हुनु पर्ने ८ करोड ६१ लाख ६५ हजार १२२ रुपैयाँ, साइड वाकर्स ट्रेडर्स प्रा. लि. ३५ लाख ३७ हजार ५ सय रुपैयाँ असुल हुन बाँकी छ । 

    आम्दानी करारहरुबाट ४ करोड ४२ लाख ३० हजार २२० रुपैयाँ असुल हुन बाँकी छ । सिटी मार्केट (सुरेन्द्रप्रसाद ढकाल) बाट ७ करोड ७ लाख ३६ हजार रुपैयाँ सटर र पसल भाडावापत बाँकी रकम असुल गर्नु पर्नेछ । वीर अस्पताल अगाडिको शौचालयबाट ८६ लाख २६ हजार ६ सय ६१ रुपैयाँ, सहरी सेवा केन्द्र रत्नपार्कबाट २१ लाख ३१ हजार ७ सय ३१ रुपैयाँ, सहरी सेवा केन्द्रबाट ९७ हजार ९ सय रुपैयाँ, हिल ट्रुली युअर्स स्मार्ट पार्किङ्बाट १ करोड ७१ लाख ५३ हजार १ सय ४३ रुपैयाँ असुल गर्न बाँकी छ ।  


    images
    images

    Logo