काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३.४ ओभरमा अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो ।