images
images

कृष्णबहादुर महराका छोरा राहुलद्वारा ‘आत्मसमर्पण’


  • 1.1K
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    कृष्णबहादुर महराका छोरा राहुलद्वारा ‘आत्मसमर्पण’

    काठमाडौं । सुनकाण्डमा कृष्ण बहादुर महराका छोरा राहुलले आत्मसमर्पण गरेका छन् । भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका महरा बुधबार बयानका लागि सीआईबी कार्यालयमा गएका थिए । सोही क्रममा उनलाई त्यहीँबाट पक्राउ गरिएको हो ।

    ‘कथित ठूलो भनिएको मिडियाले ग्वेयल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोशिश भएकाले स्वयं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु ।' नबिराउनु, नडराउनु, राहुलले लेखेका छन् । 

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले पनि राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे ।

    प्रहरी स्रोतका अनुसार करीब ६० किलो सुनकाण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा राहुललाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।


    images
    images

    Logo