images
images

बोदेबर्साइन नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 456
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    बोदेबर्साइन नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतविरुछ मुद्दा दायर भएको छ । आयोगले नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    बोर्देबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।

    मेयर यादव र वडा नं ४ का तत्कालिन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले बताएको छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भरपाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

     

     


    images
    images

    Logo