images
images

सामान्य अंकले घट्याे नेप्से, कारोबार रकम भने बढ्यो


  • 1.0K
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    सामान्य अंकले घट्याे नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं । नेप्से परिसुचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८२ अंकले घटेर १ हजार ९ सय ९० दशमलव ५९ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २ सय ७६ स्क्रिपको १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ।

    मंगलबार ८६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार ७९ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ३१ कम्पनीको शेयर मूल्य स्थिर छ भने १९ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको माछापुच्छ्रे बैंक सवैभन्दा धेरै शेयर कारोबार भएको छ । आज बैंकको १० करोडमाथिको शेयर कारोबार भएको हो । त्यस्तै, आइएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडको शेयर कारोबार भएको छ ।

    नेप्से घटेपनि यस दिन सिटि होटलको शेयर यस दिन ९.८८ प्रतिशतले बढेको छ। त्यस्तै, यस दिन सानिमा बैंकको ऋणपत्रको मूल्य ५।७२ प्रतिशत बढेको छ। अन्य कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशतभन्दा कमले बढेको छ।

     

     


    images
    images

    Logo