images
images

१६ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ६ व्यापारीलाई नगद जरिवाना 


  • 557
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    १६ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ६ व्यापारीलाई नगद जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले मंगलबार १६ फर्ममाथि अनुगमन गरेको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले खाद्य बस्तु, तरकारी पसल, कपडा पसल, अन्य पसल र किराना पसललाई कारबाही गरेको हो । 

    जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ६ वटा पसलेलाई नगद जरिवाना गरिएको छ  । 

    विभागले चावहिलमा रहेको खाद्य बस्तु पसल रप्यूखाटोलमा रहेको कपडा पसललाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै बल्खुमा रहेको तरकारी पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । चन्द्रागिरी डाउरा डिप रहेको खाद्य बस्तु पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने टिकाथलीमा रहेको खाद्य बस्तु पसललाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ । 

    नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ । कतिपयलाई सामान्य निर्देशन दिएको छ । 

     


    images
    images

    Logo