काठमाडौं । नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सुचीकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्रहरु सूचिकृत भएको हो । महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सुचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।
त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।