images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 553
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मुल्य प्रतितोला  प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo