images
images

माछापुच्छ्रे बैंकले गर्याे १४ प्रतिशत लाभांश घाेषणा


  • 511
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    माछापुच्छ्रे बैंकले गर्याे  १४ प्रतिशत लाभांश घाेषणा

    काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घाेषणा गरेकाे छ । बैंकको आज भदौ १३ गते अथात् बुधबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो ।

    जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गर्नेछ ।  

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

    यस्तो छ माछापुच्छ्रे बैंकको १० वर्षको लाभांश इतिहास :

    बैंकले १० वर्षको इतिहासमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७३/३ मा र २०७१/७२ मा दिएको थियो । बैंकले सो २ वर्षले क्रमश : २१.८४ र १६.८४ प्रतिशत लाभांश विरण गरेको भने यस्तै बैंकले १० वर्षमा सबैभन्दा कम लाभांश भने २०७४/७५ मा १० प्रतिशत लाभांश दिएको थियो । 

    गत वर्ष बैंकले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ ।

             
    S.N Fiscal year Cash Divident Bonus share Total Divident 
    1  2070/2071 0.63 12 12.63
    2 2071/2072 0.84 16 16.84
    3 2072/2073 1.09 20.75 21.84
    4 2073/2074 6 9 15
    5 2074/2075 10 0 10
    6 2075/2076 11 5 16
    7 2076/2077 3.37 7.03 10.4
    8 2077/2078 0.7 13.3 14
    9 2078/2079 0 0 0
    10 2079/2080 0.7 13.3 14

     


    images
    images

    Logo