images
images

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 1.1K
    SHARES
  • २०८० भाद्र १३ गते बुधबार

    माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३ सय ६ कित्ता शेयर निष्काशन गर्न लागेको छ। 

    जसमध्ये २८ हजार ८ सय ५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १ सय ३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरि बाँकी रहेको १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo