काठमाडौं । बाराही सेदी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशत हुने गरी ११ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बाराही सेदीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।