images
images

५ अंकले घट्यो नेप्से, परिसुचक १९९३.४२ विन्दुमा 


  • 724
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    ५ अंकले घट्यो नेप्से, परिसुचक १९९३.४२ विन्दुमा 

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । नेपला स्टक एक्सचेञ्ज (नेप्से) ५.०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलव ४२ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएको २ सय ७८ स्क्रिपको ८६ करोड ५१ लाख रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ९८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरु उपसमूहको परिसूचक घटेको छ।

    मंगलबार ६९ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४४ कम्पनीको शेयर मुल्य घटेको छ भने १४ कम्पनीको शेयर मुल्य स्थिर छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    त्यस्तै, आइएमई लाइफको ३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ । त्यस्तै, ग्लोवल आईएमइ व्यालेन्स्ड फण्ड १को ९.९९ प्रतिशतले बढेको छ । आशा लघुवित्तको ५.९६ प्रतिशत र दोल्ती पावर कम्पनीको ५.८२ प्रतिशतले बढेको छ ।  

     


    images
    images

    Logo