काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०९ अंकले बढेर १ हजार ९ सय ९८ दशमलव ४८ विन्दुमा पुगेर बन्द भएको छ ।
आज कारोबारमा आएका २ सय ७९ स्क्रिपको ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेबढेपनि कारोबार रकम भने घटेको छ । आइतबार १ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
सोमबार १ सय १८ कम्पनीको शेयर मूल्य बढेको छ । ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर छ । सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।
आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफ इनस्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ । लक्ष्मी सनराइज बैंकको ४.७१ प्रतिशत, सिटि होटलको ४.४८ प्रतिशत न्यादी हाइड्रोपावरको ४.२३ प्रतिशतले बढेको छ ।



