images
images

कुमारी क्यापिटलका दुई योजनाको बुक क्लोजको मिति तय 


  • 498
    SHARES
  • २०८० भाद्र ११ गते सोमबार

    कुमारी क्यापिटलका दुई योजनाको बुक क्लोजको मिति तय 

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडका दुई योजनाले बुक क्लोजको मिति तय गरेका छन् । कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेका हुन् । 

    यी दुबै फण्डहरुले भदौ १८ गते बुकक्लोज गर्ने भएका हुन् । यस अनुसार भदौ १२७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    “कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

    यी फण्डहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
     

     


    images
    images

    Logo