काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओमा आवेदन दिने समय थप गरेको हो ।
अब सो आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १ सय २५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २ सय २५ रुपैयाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।



