images
images

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय


  • 6.3K
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ शुक्रबार बाँडफाँट हुने भएको हो ।

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ७ लाख ६८ हजार जनाले मात्रै सो शेयर पाउने भएका छन् । 

    कम्पनीले ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो। कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था थियो ।


    images
    images

    Logo