काठमाडौं । लक्ष्मी सनराइज बैंकको शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३ सय ७९ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
साविकको लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सयको दरमा २१ करोड ६७ लाख २ हजार ३ सय ७९ कित्ता लक्ष्मी सनराइज बैंक लिमिटेडको नाममा सुचीकृत भएको हो ।
नेप्सेले कम्पनीकाे ओपनिङ् रेञ्ज १ सय ७३ दशमलव ५ रुपैयाँ तोकिदिएको छ । सो कम्पनी शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।