images
images

नेप्सेमा ओरालो कायमै, २० अंकले घट्दा परिसुचक १९९३.३८ विन्दुमा 


  • 682
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    नेप्सेमा ओरालो कायमै, २० अंकले घट्दा परिसुचक १९९३.३८ विन्दुमा 

    काठमाडौं ।  गत साताको बिहीबार देखि ओरालो लागेको शेयर बजारले यस साता पनि निरन्तरता दिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५४ अंकले घटेर १ हजार ९ सय ९३ दशमलव ३८ विन्दुमा पुगेको छ । 

    आइतबार २ सय ८० कम्पनीको १ अर्ब २६ करोड रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । विहीबार १ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज २८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सवैभन्दा धेरै एशियन लाइफ इस्योरेन्सको शेयर कारोबार भएको छ । इस्योरेन्सको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफ इस्योरेन्सको ५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सोल्टी होटलको करिब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

    आज कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लुघुवित्तको ६ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ को ५.८८ प्रतिशत, पिपुल्स पावर कम्पनीको ५.१८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo