images
images

१५ अर्ब १३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 571
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    १५ अर्ब १३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    उक्त ट्रेजरी विल २८ दिनको असोज ९ गते परिपक्क हुनेछ भने ९१ दिनको मंसिर १२ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     

     


    images
    images

    Logo