काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्य गृह मन्त्रालयमा तानिएका छन् । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो ।
वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रतिवेदनमा उल्लेख छ । उनीमाथि ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयमा हुँदा फर्जी कागज बनाएको आरोप लागेको छ।
उनीसहित हिनामिना प्रकरणमा संलग्न सबैलाई आइतबार अदालतमा मुद्दा तयार गर्ने तयारी छ । ललिता निवास प्रकरणमा आज सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। संगठित अपराध निवारण ऐन २०७० मा लागू भएको हो। घटना सो सालभन्दा अगाडिको भएकाले पनि मुद्दा नचलाउने निर्णयमा सरकारी वकिल कार्यालय पुगेको हो।



