काठमाडौं । संसदीय समितिको सभापतिका लागि नेपाली कांग्रेसले ४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । भागवण्डाको क्रममा आफ्नो पार्टीको भागमा परेको समितिको लागि कांग्रेसले सभापतिको उम्मेदवार चयन गरेको हो ।
४ वटा संसदीय समितिमा कांग्रेसको सभापति रहने गरि भागवण्डा गरिएको थियो । जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाई समितिमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।
प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि आज संसदीय समितिको सभापतिका लागि मनोनयन हुन लागेको छ ।
सभापतिको निर्वाचन नभएको भन्दै एमालेका सांसदहरुले लेखा समितिको वैठक वहिष्कार गरेका थिए ।