काठमाडौं । आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट स्वीकति पाएको छ । आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
८.४ मेवा वाट क्षमताको आँखु खोला–१ जलविद्युत आयोजनाले साउन ३० गते हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरेको थियो ।
सोही निवेदन बमोजिम कम्पनीले चुक्तापुँजी ८० करोडको १ः१.५ अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि अनुमति पाएको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ ।