images
images

शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि ङादी ग्रुप पावरले पायो स्वीकृति 


  • 643
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि ङादी ग्रुप पावरले पायो स्वीकृति 

    काठमाडौं । ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट स्वीकति पाएको छ ।  आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

    कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ । 

    यसअघि कम्पनीको साउन १४ गते बसेको विशेष साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । ङादीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ । 

    शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

     


    images
    images

    Logo