images
images

दिनदुःखीको घाउमा मलमपट्टी लगाउँदै पूर्व प्रहरी सहायक निरीक्षक बञ्जारा


  • 562
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    दिनदुःखीको घाउमा मलमपट्टी लगाउँदै पूर्व प्रहरी सहायक निरीक्षक बञ्जारा

    ललितपुर । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक इश्वर बञ्जारा दिनदुःखीको सेवामा व्यस्त छन् ।

    खोटाङको बराहपोखरि घर भएका बन्जारा ट्राफिक प्रहरीमा छंदा भवन निर्माणका अलवा सडक खाल्डाखुल्डी पुर्दै युनिफर्ममा समेत साबेल चलाएर चर्चा कमाएका थिए ।

    जागिर छाडेपछि एक बर्षयता खोटाङ बराह पोखरीवासीको दुःखमा मलमपट्टी लगाउँदै  पिडितको सहारा बनेका बन्जाराले खोटाङका मात्र नभई उदयपुर र सप्तरीसम्मका विरामीलाई सेवा गर्दै आएका छन् ।

    368498740_1018671172600419_6468523173126426425_n.jpg

    देशविदेशमा रहेका साथीभाई समाजसेवीसँग मिलेर सेवा गर्दै आएका बन्जारा पछिल्लोपटक सडक मानवको उद्वार र मलमपट्टी गरेर फेरि एकपटक चर्चामा आएका छन् ।

    बन्जाराले शुक्रबार ललितपुरको कुमारीपाटीबाट सातदोबाटो आउँने क्रममा खुट्टमा ठूलो चोट बोकेर छ्ट्पटाउदै गरेका एक बृद्धलाई नजिकैको मेडिकलमा लगेर प्रारम्भिक उपचार मात्र गरेनन् । मलाई बचाउनुस् भन्दै चिच्याउदै गरेका ती बृद्वको घाउको उपचारका लागि अस्पताल लग्दा विरामिको घाउ ठुलो रहेको र उपचार गर्न संरक्षक आवश्यक पर्ने बताएपछि उद्वार गरी आफ्नो घर आफ्नो आश्रम नामक अनाथालय डोलेश्वर भक्तपुरको जिम्मा लगाए । सोहि क्रममा बन्जाराले शुक्रबारनै थप दुईजना वेसाहारा सडक मानवलाई ललितपुर लगनखेलबाट उद्धार गरि सोहि आश्रम पठाउने काम गरेका थिए ।

    368495311_345516421138656_1943387496995372115_n.jpg

    बन्जाराकै सकृयतामा शनिवारमात्र खोटाङको बाराहा पोखरीकी लक्ष्मी कुमारी मगरको उपचारका लागि छ लाख ५१ हजार ७२९ रुपैयाँ हस्तान्तरण गरिएको छ । बन्जाराका अनुसार, गाउँमा बाख्रा चराउँन गएका बेला भिरबाट लडेर मेरुदण्ड भाँचिएकमी मगरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । मगरको उपचारमा रकम अभाव भएपछि बन्जाराले पहल गरेर २ सय २४ जनाबाट सहयोग संकलन गरेका हुन् । एक वर्षको अवधिमा त्यसरी बिरामी पर्ने १७ जनालाई तीन लाख देखि १७ लाख रुपैयासम्म सहयोग गरिसकेको बन्जाराको भनाई छ । हालसम्म त्यसरी गरेको सहयोग मध्ये खोटाङकै क्यान्सर रोगी चन्द्र राईलाई १७ लाख सहयोग गरिएको र उनको स्वास्थ्य अवस्था राम्रो हुुंदै गएको बन्जाराले बताए । 

    368498306_269882989207706_2871793702114931517_n.jpg

    ट्राफिक प्रहरीमा रहंदा बन्जाराले ललितपुरको सतदोवाटो र भक्तपुरको सल्लाघारीका ट्राफिक कार्यालय भवन निर्माणमा अग्रणी भूमिका निर्बाह गरेका थिए । एक करोड रूपैयाँ भन्दा बढी लागत पर्ने ती भवन बन्जाराकै पहलमा दाताहरूले सहयोग गरेर निर्माण गरिएको थियोे । बन्जाराले एक बर्षको अवधिमा बिरामि परेर उपचारमा समस्या परेका डेढ दर्जनलाई चन्दा र सहयोग संकलन गरि खर्चको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाबाट बचाई सकेका छन् ।

    368508932_823169236144646_7753952111542636996_n.jpg


    images
    images

    Logo