images
images

चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 675
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब भदौ २५ गतेसम्म आवेदन दिन सकिने  भएको छ ।

    कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।  यस आईपीओमा भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo