काठमाडौं । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर आजदेखि निष्काशन हुने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीको सो हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले उक्त हकप्रद निष्काशनका लागि साउन १२ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले शेयर हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।