images
images

माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि, प्रतिकित्ता कति पर्छ मूल्य ?


  • 1.2K
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि, प्रतिकित्ता कति पर्छ मूल्य ?

    काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३ सय ६ कित्ता शेयर निष्काशन गर्न लागेको छ। 

    जसमध्ये २८ हजार ८ सय ५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १ सय ३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरि बाँकी रहेको १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा भदौ १३ गते हुनेछ भने ढिलोमा भदौ २४ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo