images
images

२६ वटा निजी अस्पतालबाट अब स्वास्थ्य बीमा सेवा नपाइने, बोर्डले हटायो सूचीबाट नाम 


  • 729
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    २६ वटा निजी अस्पतालबाट अब स्वास्थ्य बीमा सेवा नपाइने, बोर्डले हटायो सूचीबाट नाम 

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । बोर्डको साउन ३२ गते बसेको बैठकले २६ वटा निजी स्वास्थ्य संस्थालाई सुचीबाट हटाउने निर्णय गरेको हो । 

    सरकारको आर्थिक वर्ष २०७९/८० को बजेपछि अस्पातालको सम्झौताको अवधि समाप्त भइ पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नबीकरण प्रक्रियमा नआएका स्वास्थ्य संस्थालाई सुचीबाट हटाउने निर्णय गरेको बोर्डले जनाएको छ । 

    यसरी सेवा बन्द भएका अस्पतालको सूचीमा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (विर्तामोड), लाइफ अस्पताल (झापा), मेची नेत्रालय (झापा) नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज) शुभ स्वस्तिक अस्पताल (बर्दिबास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा) रहेका छन् ।

    यस्तै, राप्ती आँखा अस्पताल (दाङ), नेपालगञ्ज मेडिकल कलेज (बाँके) फत्तेवाल आखाँ अस्पताल (बाँके) फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा), सगरमाथा चौधरी आँखा अस्पाताल (सिरहा) लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई बोर्डले सुचीबाट हटाएको छ । 

    स्वास्थ्य बोर्डका अनुसार स्वास्थ्थ बीमा सेवाकालागि मुलुकभर ४ सय ६३ वटा स्वास्थ्य संस्था सुचीकृत छन् । अहिले सरकारले सरकारी अस्पतालबाट मात्रै स्वास्थ्य सेवा दिँदै आएको छ ।

    Delisted Hospital List Notice.jpg


    images
    images

    Logo