images
images

व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न धरानका मेयर साम्पाङलाई उच्च अदालतले आदेश


  • 432
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न धरानका मेयर साम्पाङलाई उच्च अदालतले आदेश

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न उच्च अदालतले आदेश दिएको छ । साम्पाङलाई उच्च अदालत विराटनगरले जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको हो ।

    न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न र उनीहरुमाथि धरपकड नगर्न आदेश दिएको हो । अधिकारी दम्पती आफ्नो जमिनमा उपमहानगरले बिरुवा रोपेको भन्दै यसअघि नै अदालत गएका थिए ।

    सो विषयमा अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनाधिकृत रुपमा प्रवेश नगर्न, वृक्षारोपण नगर्न, नगराउन आदेश दिएको थियो । सो आदेशपछि पनि साम्पाङको टोलीले घर भत्काइदिने धम्की दिएपछि फेरी विवाद चर्केको थियो । मेयर साम्पाङसँग अधिकारी दम्पत्तिले प्रतिवाद गरेको भिडियो सार्वजनिक भएको थियो ।

    दुव्यवहारको गरेको भन्दै मेयर साम्पाङले अधिकारी दम्पत्तिलाई पक्रन प्रहरीलाई उजुरी दिएका थिए । त्यसपछि अधिकारी दम्पती पनि फेरी अदालत पुगेका हुन् ।


    images
    images

    Logo