काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले विहीबार २१ वटा फर्ममार्थि अनुगमन गरेको छ । विहीबार बजार अनुगमनको क्रममा विभागको टोली तरकारीका १२ पसलमा पुगेको छ । जसमा ३ वटा तरकारी पसललाई ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको बालाजुको एउटा तरकारी पसललाई विभागले ५० हजार जरिवाना गराएको छ भने खरिद बिलविजक नराखेका कालिमाटीका २ वटा तरकारी पसललाई १० हजारका दरले जरिवाना तिराइएको छ ।
विभागले नियमविपरीत कारोबार गर्ने कालिमाटीको एउटा खाद्यवस्तु विक्रेताको पसलमा शिल गरेको छ भने बिलविजक नराख्ने कालिमाटीको एउटा खाद्यवस्तु विक्रेतालाई २० हजार जरिवाना गराएको छ ।
त्यस्तै, कालिमाटीमा रहेका २ वटा किराना पसललाई लेबल नभएको काजु अर्को आदेश नभए सम्मको लागि बिक्री वितरणमा रोक लगाएको छ । नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ ।



