images
images

जुवाको खालबाट गाउँपालिका अध्यक्ष सहित ७ जना पक्राउ


  • 647
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    जुवाको खालबाट गाउँपालिका अध्यक्ष सहित ७ जना पक्राउ

    काठमाडौं । जुवा खेल्दै गरेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनसहित ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ सिर्जनाचोक स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा ४ लाख ४७ हजार रुपैयाँ नगदसहित कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झुक्काएका थिए । 

    पक्राउ पर्नेमा गाउँपालिका अध्यक्षसहित मुस्ताङको घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् । 

    उनीहरूलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी कास्की प्रहरीले गरेको छ ।


    images
    images

    Logo