images
images

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 791
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं ।  भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न गरेको छ । 

    कम्पनीले कुल ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। 

    जसमध्ये ८५ हजार ८ सय १० कित्ता शेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि र ४२ हजार ९ सय ५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ।  बाँकी रहेको ७ लाख १२ हजार २ सय २० कित्तामा शेयर सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo