images
images

सर्भेयरको परीक्षा दिनका लागि सुचीकृत हुन बीमा प्राधिकरणको आग्रह


  • 367
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    सर्भेयरको परीक्षा दिनका लागि सुचीकृत हुन बीमा प्राधिकरणको आग्रह

    काठमाडौं । सर्भेयरको परीक्षा दिन ससुचीकृत हुनका लागि नेपाल बीमा प्राधिकरणले आग्रह गरेको छ ।  प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यसअघि तालिम लिएका व्यक्तिलाई परीक्षामा सामेल हुन यस्तो आग्रह गरेको हो ।

    बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम प्राधिकरणले उक्त आग्रह गरेको हो । जसमा योभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम दिएका व्यक्तिहरुले सर्भेयरको परीक्षा दिन पाउने छन् ।

    त्यसको लागि बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपि सहितको निवेदन १५ दिनभित्र इमेलमा पठाइसक्नु पर्ने समेत प्राधिकरणले जनाएकाे छ ।

    surveyor.jpg

     


    images
    images

    Logo