काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.५२ अंकले घटेर २ हजार १३ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २ सय ७५ स्क्रिपको १ अर्ब ५५ करोड रुपैयाँ बराबरको ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे थियाे ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
विहीबार १७ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ । मकर जितुमाया सुरी हाइड्रोवारको ५.९९ प्रतिशतले बढेको छ ।



