काठमाडौं । जालपा सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार १४.२५ प्रतिशत बोनस बापत २ लाख २८ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।