images
images

संसदीय समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने


  • 392
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    संसदीय समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

    काठमाडौं । संसदीय समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्न लागेका हुन् । विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

    संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो ।  प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो ।

    प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।

     


    images
    images

    Logo